कोरोनाको पूर्व सावधानी ः आरुघाट गाउँपालिकाको हेलचक्राई

कोरोनाको पूर्व सावधानी ः आरुघाट गाउँपालिकाको हेलचक्राई


आइतवार, चैत्र ९, २०७६


कोरोनाको पूर्व सावधानी ः आरुघाट गाउँपालिकाको हेलचक्राई

कोरोना भाइरसको सम्भावित संक्रमणलाई लक्षित गर्दै जिल्लाका अन्य स्थानीय तहले बिभिन्न सावधानी अपनाएपनि आरुघाट गाउँपालिकाले भने हेलचक्राइ गरेको छ ।

संक्रमणको जोखिमलाई वेवास्ता गर्दै पालिकाले कोरोना बिरुद्ध हालसम्म कुनै पूर्व तयारी नगरेको बताएको छ । ‘कोरोनाको बारेमा हामीले केही तयारी पनि गरेका छैनौ, योजना पनि छैन,’ गैरजिम्मेवार अभिव्यक्ति दिदै गाउँपालिका अध्यक्ष पूर्ण दाहालले सुरुवातसँगको फोन सम्पर्कमा भने, ‘हामी केही तयारी पनि गर्दैनौ, कारवाही गर्न सके गरेहुन्छ ।’ कोरोना बिरुद्ध जनचेतनामूलक कार्यक्रम समेत नगरेको उनले बताए ।



–अध्यक्ष दाहाल भन्छन् ः हाम्रो केही तयारी छैन, गर्दैनौ पनि
–अन्य स्थानीय तह बिभिन्न योजना बनाएर काम गर्दै

अन्य स्थानीय तहले भने पूर्व सावधानीका लागी बिभिन्न योजना बनाएर काम गरिरहेका छन् । गोरखा नगरपालिकाले जिल्ला भित्रने नाका मझुवा देउरालीमा हेल्थ डेक्स स्थापना गरिसकेको छ । प्रहरीसँग मिलेर डेक्स स्थापना गरिएको नगर प्रमुख राजनराज पन्तले बताए ।

‘कोराना सम्बन्धी कार्यक्रम संचालनका लागी नगर स्तरिय समन्वय समिति बनाइसकेका छौ,’ उनले भने, ‘सवै वडामा समिति बनिसक्यो, व्यानार राख्ने र जनचेतना फैलाउने काम पनि भइरहेको छ ।’

आइसोलेसन वार्ड स्थापनाका लागी ठाउँको पहिचान पनि गरिसकेको उनले बताए । नगर क्षेत्रको १४ वटै वडामा ‘फोरहेड थर्ममिटर’ वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

‘स्वास्थ्य संस्थाका कर्मचारीलाइ बिदामा पनि सेवा दिन भनेका छौ, उहाहरुका लागी प्रोटेक्सन सामग्री ल्याउने तयारी भइरहेको छ,’ उनले भने । कोरोनाका कारण नगर सभा, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता, सप्टवयरका कार्यक्रम स्थगित गरिएको नगर प्रमुख पन्तले बताए ।

पालुङटार नगरपालिकाले आँपपिपल अस्पतालमा आइसोलेसन वार्ड निर्माण गरिसकेको छ । ‘खोप्लाङ लगायतका केही हेल्थ पोष्टमा पनि आइसोलेसन वार्ड राख्ने तयारी छ,’ नगर प्रमुख दिपकवावु कडेलले भने, ‘आवश्यक परे बिद्यालयको भवनलाइ पनि वार्डको रुपमा प्रयोग गर्छौ ।’ नगरपालिकाको कार्यालय, तुरतुरे, अवुवा र च्याङलीमा हेल्थ डेक्स स्थापनाको तयारी समेत भइरहेको उनले बताए ।

सिरानचोक गाउँपालिकाले चार ठाउँमा आइसोलेसन वार्ड स्थापनाको तयारी गरेको छ । हर्मीको नमूना सामुदायिक भवन, थालाजुङ्गको स्वास्थ्य चौकी भवन, जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र नयाँसाघुँको कृषि सहकारी भवनमा वार्ड स्थापना गर्ने तयारी गरिएको पालिका अध्यक्ष राजु गुरुङले बताए ।

सबै स्वास्थ्य संस्थामा हेल्थ डेक्स स्थापना गर्ने तयारी भइरहेको उनको भनाइ छ । जनचेतनामूलक कार्यक्रम संचालन भइरहेको उनले जानकारी दिए । सबै बिद्यालय र स्वास्थ्य संस्थामा ‘डिजिटल थर्ममिटर’ समेत वितरण गरिएको उनले जानकारी दिए ।

प्रत्यक स्वास्थ्य चौकीमा हेल्थ डेक्स स्थापना गर्ने तयारी शहिद लखन गाउँपालिकाको छ । ‘रामशाह घाटमा पनि डेक्स स्थापना गर्छौै, आवश्यक परे खाली बिद्यालय भवन र सामुदायिक भवनलाइ आइसोलेसन वार्डको रुपमा प्रयोग गर्छाै,’ पालिका अध्यक्ष रमेश थापाले भने । प्रत्यक वडामा कोरोना भाइरस विरुद्ध जनचेतनामूलक कार्यक्रम पनि भइरहेको उनले बताए ।

भिमसेन थापा गाउँपालिकाले कोरोना बिरुद्धको जनचेतनामूलक सन्देश समावेश भएको पर्चा तथा पम्प्लेट घरघरमा वितरण गरेको छ । तीन ठाउँमा हेल्थ डेक्स राख्ने तयारी पनि भइरहेको पालिका अध्यक्ष इश्वर पाण्डेले बताए ।

झिंगटे भन्ज्याङ, घाटवेशी र घ्याम्पेशालमा डेक्स राख्ने उनले जानकारी दिए । ‘फोरहेड थर्ममिटर पनि मगाएका छौ, आवश्यक परे आइसोलेसन वार्ड पनि तयार गर्छौ,’ उनले भने । कोरोनाका कारण बिभिन्न वडामा संचालन हुनुपर्ने तालिमहरु स्थगित गरिएको उनको भनाइ छ ।

जनचेतना अभिवृद्धिका लागी घरदैलो अभियान संचालन गरिएको बारपाक सुलिकोट गाउँपालिको जनाएको छ । ‘कोरोना बिरुद्ध सचेत रहने उपायबारे सन्देश दिन ठाउँठाउँमा होर्डिङ बोर्ड बनाएर राखेका छौ, आवश्यक परेको खण्डमा आइसोलेसन वार्ड पनि बनाउछौ,’ पालिका अध्यक्ष बिष्णु भट्टले भने ।

वार्ड निर्माणका लागी स्थल छनोट भइसकेको उनले बताए । ‘गाउँपालिकाको कार्यालय अगाडी हेल्थ डेक्स स्थापना भइसकेको छ, अव देउराली, बारपाक र सौरपानीमा राख्ने तयारी गरिरहेका छौ,’ उनले भने । कोरोनाकै कारण लक्षित वर्गका कार्यक्रमहरु स्थगित गरिएको उनले बताए ।

पालिका भित्रने बिभिन्न नाकामा हेल्थ डेक्स स्थापना गर्ने तयारी गण्डकी गाउँपालिकाको छ । मकैसिङ, फिस्लिङ र सिउरेनीटारमा डेक्स स्थापन गरिने पालिका अध्यक्ष होम बहादुर रानाले बताए । जनचेतनामूलक कार्यक्रम पनि भइरहेको उनले जानकारी गराए ।

अजिरकोट गाउँपालिकाले भच्चेक र चनौटेमा हेल्थ डेक्स राख्ने तयारी गरेको छ । पालिका अध्यक्ष फणिन्द्र धितालका अनुसार आइसोलेसन वार्ड स्थापनाका लागी बिद्यालयका खाली भवन तथा सामुदायिक भवनहरु हेरिएको छ । स्वास्थ्यकर्मी परिचालन गरेर वडावडामा जनचेतनामूलक कार्यक्रमहरु पनि भइरहेको उनले बताए ।

कोरोनाका कारण अजिरकोट अन्तर मावि रनिङ्ग शिल्ड प्रतियोगीता, शिक्षकको क्षमता बिकास सम्बन्धी तालिम लगायतका कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए ।

प्रत्येक स्वास्थ्य संस्थामा ‘डिजिटल थर्ममिटर’ बाड्ेन तयारी धार्चे गाउँपालिकाले गरेको छ । तातोपानी, काशिगाउँ, लाप्राक र अर्मलामा हेल्थ डेक्स स्थापना गर्ने तयारी गरिरहेको पालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

पालिका आउजाउमा कडाइ गर्ने उनले जानकारी दिए । कोरोना बिरुद्ध जनचेतना फैलाउन सबै वडामा होर्डिङ बोर्ड र प्लेक्सहरु राख्ने योजना रहेको उनको भनाइ छ ।

चुमनुव्री गाउँपालिकाले हेल्थ डेक्स राख्ने तयारी गरेको छ । गाउँपालिका छिर्ने नाका जगतमा डेक्स स्थापना गरिने पालिका अध्यक्ष धन बहादुर गुरुङले बताए । ‘तिव्वत सँगको नाकामा आउजाउ बन्द भइसक्यो, वडा वडामा कोरोना बिरुद्ध जनचेतना मूलक कार्यक्रम गरिरहेका छौ,’ उनले भने ।

कोरोना संक्रमण हुन नदिन गोरखा संग्रहालय, मनकामना केवलकार बन्द गरिसकिएको छ । मनकामना मन्दिरमा पुजाआजा गर्न भक्तजनलाइ रोक लगाइएको छ । कारागारका कैदीवन्दीलाइ भेटघाट गर्न पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

कोरोनाको संक्रमण बाट बच्न समयसयमका सावुन पानीले हात धुन, भीडभाडमा नजान, खोक्दा वा हाच्छिउ गर्दा नाक र मुख कुहिनाले ढाक्न, हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गन, र ज्वँरो आएमा वा खोकी लागेमा स्वास्थ्यसंस्थामा गइ सतर्कता अनपाउन चिकित्सकले सुझाव दिएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda